धादिङ । अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन् । सुत्केरी लिएर काठमाडौँदेखि धादिङबेँसीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेँसी सडकखण्डको पहिरोमा खोलामा खसेको थियो । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ६० वर्षीय वीरबहादुर तामाङ छन् । घाइतेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ असोज २०७७, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन