काठमाडौं । चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।
गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाएका थिए ।
त्यसपछि गृहले नापी विभागसँग जानकारी लिएको थियो । नापीले पनि अतिक्रमण भनेर गलत हल्ला चलाएको भन्दै छानबिन हुनुपर्ने सुझाव दिएको थियो । परराष्ट्र मन्त्रालयले पनि गलत प्रतिवेदन बनाउने अधिकारीसँग स्पष्टीकरण सोध्न गृहको ध्यानाकर्षण गराएको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ असोज २०७७, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास