एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा चुनाव हारेपछि पनि शान्तिपूर्ण सत्ता हस्तान्तरणबाट अस्विकार गरेका छन् ।
डोनल्ड ट्रम्पले भने, ‘मलाई लाग्छ चुनावको नतिजा अमेरिकी सर्वोच्च अदालतसम्म पुग्नेछ किनभने मलाई हुलाकमार्फत् गरिने मतदानमाथि शंका छ ।’
कोरोनाभाइरसको सुरक्षालाई मध्यनजर गर्दै अमेरिकाका थुप्रै राज्यले हुलाकमार्फत् मतदानलाई प्रोत्साहन दिइरहेका छन् ।
डोनल्ड ट्रम्पसँग एक पत्रकारले डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग चुनाव हार्दा, जित्दा वा समान भएको स्थितीमा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुहुन्छ भनेर प्रश्न सोधेका थिए ।
यसमा डोनल्ड ट्रम्पले भने, ‘म मतपत्रको कुरा सधैं उठाउने गर्छु र यो एउटा समस्या हो ।’
जब पत्रकारले मानिसहरुले हंगामा गरिरहेका छन् त भनेर सोधे तब ट्रम्पले उनलाई गाली गर्दै भने, ‘असाध्यै शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेछैन, त्यही सरकार जारी रहनेछ ।’
सन् २०१६ मा पनि डोनल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेद्वार हिलेरी क्लिन्टनसँग चुनाव लड्दा पनि नतिजा स्विकार नगर्ने बताएका थिए । हिलेरीले यसलाई अमेरिकी लोकतन्त्रमाथि हमला बताएकी थिइन् ।
यद्यपि, चुनावमा रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पको जीत भयो तर उनले ३० लाख भोट पनि गुमाए जसमाथि उनी आज पनि शंका जनाउँछन् ।
डेमोक्रेट्सले के भने ?
गत महिना हिलारी क्लिंटनले जो बाइडनलाई कुनै पनि स्थितीमा हार नमान्न भनेकी थिइन् ।
उनले यस्तो स्थितीको कुरा गरेकी थिइन् जसमा रिपब्लिकन पार्टी एबसेन्टी ब्यालेट्स ९मतदानका बेला अनुपस्थित मतदाता० को विषयमा हंगामा गर्नेछिन् र नतिजालाई चुनौती दिनका लागि वकिलको एक फौजलाई जम्मा गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ असोज २०७७, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा