चितवन । पश्चिम चितवनको २६ नम्बर वडाको सिमलघारीमा रहेको २६ घरधुरीलाई जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षित स्थानमा सारेको छ । बाढीको उच्च जोखिममा रहेका २६ घरपरिवारलाई बाढीबाट जोगाउन सोही वडाको विद्यालयमा सारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो ।
बाढी, पहिरो, डुबान र कटानबाट जिल्लामा धनजनको क्षति हुन नदिन प्रशासनले सुरक्षा निकायलाई परिचालन गरिरहेको र जनप्रतिनिधिहरु समेत सक्रिय रुपमा लागिरहेको भट्टराईको भनाई छ ।
यो बेला कोठेबैठक बसेर निर्णय गर्नेभन्दा पनि फिल्डमा खटिएर काम गरेर नागरिकको जीउधनको रक्षा गर्नु पर्ने अवस्था भएकाले आफूहरु कोठेबैठकमा भन्दा पनि जोखिमयुक्त स्थानमा परिचालन भई काम गरिरहेको उहाँ बताउनु हुन्छ । नारायणी नदीले खतराको तह पार गरिसकेकोले जिल्लामा कहीँ कतै धनजनको क्षति हुन नदिन प्रशासन निकै सक्रियताका साथ लागेको उहाँको भनाई छ ।
भरतपु्र महानगरको हकमा पश्चिम चितवनको १६ नम्बर वडा र २६ नम्बर वडामा विगतमा नदीको पानी बस्तीमै छिरेको, २७ र २८ नम्बर वडाको निउरे चोकमा खोलाले धार परिर्वतन गरेर क्षति गरेकाले ती स्थानमा यसपटक कुनै पनि क्षति हुन नदिन पूर्वसतर्कता अपनाई सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनु भयो ।
सौराहा बजार क्षेत्रमा पनि डुबानको समस्या भएकोले त्यहाँ पनि सुरक्षाकर्मी परिचालन गरी क्षति हुन नदिन आवश्यक कार्य थालिएको उहाँको भनाई छ । नदीको पानी बस्तीमा छिर्ने सम्भावना भएमा अन्य स्थानहरुमा पनि नागरिकलाई कसरी कहाँ राख्दा सुरक्षित बनाउन सकिन्छ त्यतातर्फ ध्यान दिनुहोस् भनेर जनप्रतिनिधिहरुलाई आग्रह गरिरहेको र सूचना समेत प्रसारण गरिरहेको उहाँको भनाई छ ।
पहाडी क्षेत्रमा पनि पहिरोको जोखिम हुनसक्ने भएकाले त्यता पनि आफूहरुले आवश्यक टोली परिचालन गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाका राजमार्गहरुमा पनि अहिलेसम्म त्यस्तो कुनै घटना नभएको उहाँको भनाई छ । उहाँले नागरिकलाई सचेत रहन आग्रह गर्नु भएको छ ।
जिल्लामा कुनै प्रकारको क्षति हुन नदिन प्रमुख जिल्ला अधिकारीले मातहतका सबै निकायलाई सक्रियताका साथ परिचालन गर्नु भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिम्खडाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
विहीबार, ०८ असोज २०७७, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले नवलपरासीमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
उदयपुरमा उर्लियो बाढी, सतर्कता अपनाउन चेतावनी
आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा