काठमाडौं । लामो समयदेखि हराएको भनिएको हुम्लामा नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए।
‘यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुन्छ,’ लामाले भने, ‘यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ।’ गाउँपालिका र जिल्ला प्रशासनले पिल्लर भेटाएपछि अव रेखाँकन गर्ने काममा प्राविधिक लागिरहेको उनले बताए।
नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सिधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्क समेत नहुने उक्त स्थानमा प्रमुख जिल्ला अधिकारीको टोलीले नेपाली सेना, सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमा स्तम्भ खोजीमा पठाएको थियो ।
अशोज ३ गते शनिबार त्यस तर्फ गएको टोलीले बुधबार उक्त सीमा स्तम्भ भेट्टाएको अध्यक्ष लामाले बताए । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको हो । प्रजिअको टोली अझै सम्पर्कमा आउन सकेको छैन ।
अध्यक्ष विष्णु बहादुर लामाले लोलुङजोङमा बनाएका भवन चीनले आफ्नै भूमिमा दाबी गरेको भए पनि हराएको ११ नम्बर पिलर नपाउँदासम्म पत्याउन नसकिने बताएका थिए । चार वर्ष अगाडि पनि उक्त सीमा स्तम्भ हराएको सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ असोज २०७७, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० सिरिज: नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
नेपाल अमेरिकाको ‘टायर २ वाच लिस्ट’मा : पछिल्लो २४ वर्षमा महत्वपूर्ण गिरावट
क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको जीत
नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट
लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी