आइपिएल :  राजस्थान र चेन्नई बिच छक्काको वर्षा, राजस्थानले जित निकाल्दै अंक तालिकामा अंक थप्न सफल

एजेन्सी

बुधबार, ०७ असोज २०७७, ०८ : २९
आइपिएल :  राजस्थान र चेन्नई बिच छक्काको वर्षा, राजस्थानले जित निकाल्दै अंक तालिकामा अंक थप्न सफल

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्र्तगत शारजाहमा मंगलबार राति भएको खेलमा राजस्थान विजयी भएको छ ।  राजस्थान रोयल्सले र चेन्नई सुपर किंग्सलाई हराउदैं खेल तालिकामा अंक थप्न सफल भएको हो । 

खेलमा छक्काको वर्षा नै भएको थियो, राजस्थानका सन्जू सामसन, स्टीभ स्मिथ र जोफ्रा आर्चरले खेल अवधिमा १७ छक्का प्रहार गरे । यस्तै चेन्नई सुपर किंग्सका फाफ डू प्लेसिस, शेन वाट्सन, साम करन र महेन्द्र सिंह धोनीले कुल १६ छक्का प्रहार गरे । यो खेलमा दुवै टिमको तर्फबाट गरी ३३ छक्का प्रहार भयो ।

अन्तिम ओभरमा चेन्नईलाई ३८ रन बनाउनु पर्ने थियो । कप्तान धोनीले तीन छक्का प्रहार गरे अन्तिम ओभरमा तर त्यो जितका लागि पर्याप्त भएन । जितका लागि पाएको २१७ को लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो ।

पहिले ब्याटिङ्ग गरेको राजस्थानले ७ विकेटको क्षतिमा २१६ रन बनाएको थियो । उसका लागि सामसनले ९ छक्काको सहयोगमा ७४ तथा स्मिथले चार छक्काको सहयोगमा ६९ रन बनाएका हुन्

प्रतिक्रिया दिनुहोस