नबिल बैंकमा मोबाइलबाटै एक लाख लोन

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १५ : ५०
नबिल बैंकमा मोबाइलबाटै एक लाख लोन

चितवन । नबिल बैंक नारायगढ शाखाले फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । शाखाले तलबी खाताबाहक ग्राहकहरुका लागि आवश्यकताअनुसार १ लाखसम्मको ऋण मोबाइलबाटै उपलब्ध गराउन सकिने जनाएको हो । 

डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको यस बैंकले नियमित तलव यस बैंकबाट बुझ्ने कर्मचारीहरुका लागि यो सुबिधा ल्याएको हो ।  निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो सुबिधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध गराइने शहीदचोक शाखाका व्यवस्थापक राजन मानन्धरले जानकारी दिए ।  


 

प्रतिक्रिया दिनुहोस