काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले एक शोक वक्तव्यमार्फत १० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गर्नुभएका स्व शेर्पाको कीर्तिमान पर्वतारोहणका क्षेत्रमा सदैव स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ ।
पछिल्लो पुस्ताका युवा एवं युवा पर्वतारोहीका लागि शेर्पा सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पणका सााथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ असोज २०७७, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा