आइपिएल : दिल्ली क्यापिटल्सको अप्रत्यासित जित

सफल खबर संवाददाता

सोमबार, ०५ असोज २०७७, ०९ : ११
आइपिएल : दिल्ली क्यापिटल्सको अप्रत्यासित जित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा दिल्लीले सुपर ओभरमा सुन्दर जित निकालेको छ । आइपिएलको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबलाई यसरी पराजित गर्यो । 

दवै प्रतिष्पर्धी समुहले निर्धारित ओभरमा जित निकाल्न नसकेपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा दिल्लीले ६ बलमा तीन रन बनाएको थियो ।  मोहम्मद शमीले एक वाइड बल फ्याँके । त्यसपछि ऋषभ पन्तले दुई रन लिदैं टिमलाई जित दिलाएका थिए । 

यसअघि सुपर ओभरमा पञ्जाबले पहिलो दुई बलमै दुई विकेट गुमाएर दुई रन बनाएको थियो । केएल राहुलले दुई रन बनाए। दुई विकेट गुमाएकाले  पञ्जाबले मात्रै तीन बल प्रहार गर्न पायो ।

दिल्लीले पहिले ब्याटिङ्ग गरेर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। त्यसपछि किंग्स इलाभेन पञ्जाबले पनि २० ओभरमा ८ विकेट नै गुमाएर १५७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस