इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको उत्कृष्ट प्रदर्शन

एजेन्सी

सोमबार, ०५ असोज २०७७, ०८ : ४६
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको उत्कृष्ट प्रदर्शन

एजेन्सी । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लगातार दोश्रो जित निकालेको छ ।  लगातार दोस्रो जित निकालेको लेस्टर शीर्ष स्थानमा उक्लेको छ। आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई ४–२ ले पराजित गरेको हो ।

लेस्टरको जितमा हार्भी बार्नेसले २० औँ, जेम्स जस्टिनले ६१ औँ मिनेटमा र एरिक प्राएटले ७९ औँ मिनेटमा गोल गरे । त्यसअघि ५० औँ मिनेटमा बर्नलीका पिएटर्सले आत्मघाती गोल गरे । बर्नलीका लागि क्रिस वूडले १० औँ मिनेटमा र ७३ औँ मिनेटमा डुनीले गोल गरे। जितपछि लेस्टर सिटी ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस