काठमाडौं । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश जारी गरेको हो ।
जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आधार र कारणसहित आदेश सर्वोच्च अदालतले माग गरेको हो । आलमले कोभिड –१९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ ३१ गते हिराई माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदन माथिको प्रारम्भिक सुनुवाई पछि सो आदेश जारी भएको हो ।
आलमलाई २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । जिल्ला अदालतको आदेशलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले सदर गरेको थियो । सरकारी वकिल कार्यालय रौतहतले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ असोज २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार
रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन