चितवनमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १६ : ०३
चितवनमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन  मेडिकल कलेजमा कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

कलेजका निर्देशक दयाराम लम्सालका अनुसार आकस्मिक कक्षमा राखेर उपचार गर्दागर्दै सङ्क्रमितको मृत्यु भएको हो । भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । मृतकमा उच्च रक्तचापको समस्या रहेको कलेजले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस