आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, ०८ : ०६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस