काठमाडौं । संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयकाले विच्याट र टिकटक खरिदलाई निषेधबारे प्रतिक्रिया दिँदै यो कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पु¥याएको बताउनुभएको छ ।
अमेरिकाले कुनै प्रष्ट प्रमाण नभएको विषयलाई लिएर दुई चिनियाँ प्रविधि व्यवसायमाथि प्रहार गर्न खोजेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरित भएको दावी गर्दै अमेरिकी लगानी वातावरणमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास र सामान्य अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई प्रभावित बनाएको मनत्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा दोहो¥याइएको छ ।
चीनले प्रभूत्व गतिबिधि रोक्न अमेरिकालाई ताकिता गरेको भन्दै यदि अमेरिकाले त्यसलाई निरन्तरता दियो भने चीनले आवश्यक कदम चालेर चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने प्रवक्ताले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ असोज २०७७, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध