काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १६ : ४०
काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १४४७ जना निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस