विल्मीन्टन । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो ।
उहाँले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उहाँले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गर्नुभयो । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिश्पर्धी ट्रम्प र बाइडेनले कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।
बाइडेनले कोरोनाभाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गर्नु भएको छ । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्नु पर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “मैले बैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिन । ”उहाँले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै बैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गर्नुभयो । (रासस/एपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ असोज २०७७, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिभिजन बहसका लागि बाइडेनलाई ट्रम्पको चुनौती
बाइडेनले भने - इजरायलले अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउँदैछ
बाइडेनले फेरि भने– 'सी जिनपिङ तानाशाह हुन्'
एक वर्षपछि सी र बाइडेनबीच आज भेट हुँदै
सी र बाइडेनबीच शिखर सम्मेलन, ‘वैश्विक शान्ति र विकास’माथि छलफल हुने
प्यालेस्टाइनीले दिएको मृतकको संख्यामा विश्वास छैन : बाइडेन