एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार भएका छन्। ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा यो रोग देखा परेको हो। उनको क्यान्सरमा हार्मोन बढी सेन्सेटिभ भएका कारण उपचार सम्भव भएको जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचार थाहा पाएपछि सामाजिक सञ्जालमा बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्।
डेमोक्र्याट पार्टीको तर्फबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति उम्मेदवार भएका बाइडेन गत जुनमा टेलिभिजन बहसमा विपक्षी ट्रम्पको तुलनामा कमजोर देखिएपछि दौड त्यागेका थिए। प्रोस्टेट क्यान्सर पुरुषमा छालाको क्यान्सर पछिको सामान्य हो।
अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार प्रत्येक १०० मध्यका १३ जनालाई जीवनको कुनै मोडमा प्रोस्टेस क्यान्सर हुनसक्छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ जेठ २०८२, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण