नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, पहिरो पन्छाउन ३ घंटा लाग्ने

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, ०९ : ३८
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, पहिरो पन्छाउन ३ घंटा लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा यो सडक खण्ड पुनः अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले  करिब १०० मिटर सडक ढाकेकोले सडक अवरोध भएको उनले जानकारी दिए । 
पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ ।

पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ । वर्षायाम लागेसंगै यो सडक खण्ड दर्जनौपटक अवरुद्ध भईसकेको छ । सडक अवरुद्ध बनेसंगै राजधानी तथा पोखरा जान हिडेका सवारीसाधन लामबद्ध बनेका छन् । 

प्रतिक्रिया दिनुहोस