नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

सफल खबर संवाददाता

विहीबार, १२ असार २०८२, १५ : २८
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

 चितवन । सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो ।

कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । उक्त स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।

तसर्थ सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने र पन्छाउने काम भएको थियो ।

प्रतिक्रिया दिनुहोस