चितवन । तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौन ७ बजेदेखि अवरुद्ध बनेको सो सडकखण्ड ८ बजेबाट पहिरो हटाएर सञ्चालनमा ल्याइएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यमा हिँडेको प्रहरीले जनाएको छ । तुइनखोलामा यस वर्ष पहिरोका कारणले पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ भदौ २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड