मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १७ : १८
मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएकाहरुको स्वाब परीक्षण नगर्न निर्देशन दिएको छ । 

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न भनेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम निर्देशन दिएका हुन् । 

शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने उनी बताउँछन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस