नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा, चार ठाउँमा अझै एकतर्फी

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १४ : ३०
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा, चार ठाउँमा अझै एकतर्फी

फाइल तस्विर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान चार किलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ । 

बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम भइरहेको छ । सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो । पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस