काठमाडौं । नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) आएसँगै देशभरको प्रहरी कार्यालयहरुमा फोटो झुन्डयाउने परम्पराको अन्त्य हुने भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो झुन्ड्याउने परम्परा तोडेका हुन् । आईजीपी परिवर्तन भएसँगै परम्पराका रुपमा सबै प्रहरी कार्यालहरुमा आईजीपीको फोटो झुन्डयाउने प्रचलन रहेको थियो ।
तर, आईजीपी थापाले प्रहरी कार्यालयहरुमा आफ्नो फोटो झुन्ड्याउन सर्कुलर जारी नगरेसँगै फोटो झुन्डयाउने विगत लामो समयदेखिको परम्परा हटेको छ । यसअघि आईजीपीको तस्वीर उनीहरुको कार्यकालभर देशभरका प्रहरी कार्यालय प्रमुखको कोठामा राखिँदै आएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक कार्यालयहरुमा आईजीपीको फोटो राख्न परिपत्र नभएको बताए । नेपाल समाचारपत्रमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० भदौ २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग
२७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ