काठमाडौं । नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) आएसँगै देशभरको प्रहरी कार्यालयहरुमा फोटो झुन्डयाउने परम्पराको अन्त्य हुने भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो झुन्ड्याउने परम्परा तोडेका हुन् । आईजीपी परिवर्तन भएसँगै परम्पराका रुपमा सबै प्रहरी कार्यालहरुमा आईजीपीको फोटो झुन्डयाउने प्रचलन रहेको थियो ।
तर, आईजीपी थापाले प्रहरी कार्यालयहरुमा आफ्नो फोटो झुन्ड्याउन सर्कुलर जारी नगरेसँगै फोटो झुन्डयाउने विगत लामो समयदेखिको परम्परा हटेको छ । यसअघि आईजीपीको तस्वीर उनीहरुको कार्यकालभर देशभरका प्रहरी कार्यालय प्रमुखको कोठामा राखिँदै आएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक कार्यालयहरुमा आईजीपीको फोटो राख्न परिपत्र नभएको बताए । नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० भदौ २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)