काठमाडौँ । एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नगरपालिका–५ कुशहाका १७ वर्षीय मोहम्मद अन्साद मियाँलाई पक्राउ गरेको छ ।
फरार भएका आरोपितलाई नौ महिनापछि सिरहाको धनगढीमाई नगरपालिका–२ धनगढास्थित मामाघरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
मामाघरमा लुकेर बसेको गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षकको टोलीले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।
विवाहको प्रलोभन दिई आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालयमा २०७६ पुस १२ गते उजुरी दिनुभएको थियो । घटनापश्चात गाउँघरमै छलफल गरी मिलाउने प्रयास असफल भएपछि ढिलो गरी उजुरी आएकाले तत्काल पक्राउ गर्न नसकिए पनि नौ महिनामा फरार रहेका आरोपितलाई पक्राउ गरिएको प्रहरी निरीक्षक केशरीले बताउनुभयो ।
आरोपितले भने विवाह गर्न नमान्दा झुठा उजुरी लगाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ भदौ २०७७, २१ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ