काठमाडौँ । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने एक जनालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । झन्डा जलाएको आरोपमा जिल्ला अदालत काठमाडौँले एक जनालाई पुर्पक्ष थुनामा र आठ जनालाई रिहा गरेको छ ।
आइतबार जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङलाई थुनामा पठाएको हो । अन्य तीन जनालाई प्रतिव्यक्ति १५ हजार धरौटी र पाँच जनालाई साधरण तारिखमा छाड्न आदेश दिएको छ ।
भदौ १ गते झण्डा जलाएको म्युजिक भिडियो सार्वजनकि भएपछि प्रहरीले उक्त घटनामा संलग्न नौजनालाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १५१ अनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ भदौ २०७७, १७ : १०
लेखकबाट थप