मेडिकल सामग्री खरिद अनियमितता प्रकरण : ‘ओम्नी समुह’ १ वर्षको लागि कालोसूचीमा

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, ११ : ३९
मेडिकल सामग्री खरिद अनियमितता प्रकरण : ‘ओम्नी समुह’ १ वर्षको लागि कालोसूचीमा

काठमाडौं । सरकारसंगै सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेको र अनियमितता गर्न खोजेको आरोप लाग्दै आएका ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रा.लि. (ओबीसीआई) कालोसुचीमा रोखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले हिजो आईतबार, २८ भदौदेखि लागू हुनेगरी १ वर्षका कालोसूचीमा राखेको सार्वजनिक सुचना जारी गर्दै जनाएको छ । 

कालोसूचीमा सूचीकृत भएसंगै अब यो कम्पनीले एक वर्ष सम्म सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउँदैन।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिब्र भएसंगै स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा छनौट गरिएको यो कम्पनीले निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरेको थियो । त्यसपछि सरकारले नै महंगोमा सामग्री भित्रयाएको भन्दै   आलोचना भएको थियो । 

विभागले गत चैतमा ठेक्का सम्झौता रद्द गरी ओम्नीलाई कारबाही गर्ने निर्णय गरेको थियो। विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यो कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि ओम्नी कम्पनी कालोसूचीमा परेको हो । ओम्नी समूहलाई  विभागले गत चैतमा करीब  एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो ।

मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप लागेपछि विभागले ठेक्का खारेज गरेको थियो ।  कम्पनीको कार्यालय ललितपुर कृष्णगल्ली भएको र तुलहरी सिंह मुख्य व्यक्ति रहेका छन् । 

प्रतिक्रिया दिनुहोस