आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, ०७ : ५२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर केही स्थानमा सामान्य बदली भई वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार मनसुनकोे न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । 

न्यून चापीय रेखाको प्रभावका कारण हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २,  गण्डकी प्रदेश र  प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।  यसैगरी, महाशाखाले दिउँको मौसमको अवस्था सामान्यतया बदली रही  केही स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ ।

मौसमविदले प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश,  गण्डकी प्रदेश, प्रदेश ५ र  सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहने पूर्वानुमान गरेका छन् । यस्तै, राति देशभर  सामान्यतया  बदली  रही  केही स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ ।  यता, प्रदेश १,  वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस