कोरोना अपडेट : भरतपुर महानगरमा १० जना पुगे मृतक

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १७ : २४
कोरोना अपडेट : भरतपुर महानगरमा १० जना पुगे मृतक

चितवन । चितवनको भरतपुर महानगरपालिकामा हालसम्म १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले भाद्र २८ गतेसम्मको कोभिड १९ को विवरण सार्वजनिक गर्दै हालसम्म महानगरमा १० जना संक्रमितको मृत्यु भएको जानकारी गराएको हो । 

भरतपुर महानगरपालिकामा हालसम्म तीन हजार ४२७ जनाको स्वाव परीक्षण गरेको छ । जसमा संक्रमित संख्या ८९७ पुगेको छ । हालसम्म भरतपुर महानगरमा १४३ जना निको भएका छन् । महानगरमा सक्रिय संक्रमित संख्या  ७२७ रहेको छ । होम आइसोलेसनमा ३३५ छन्, जसमा महिला १४८ र पुरुष १८७ छन् । 

भरतपुर महानगरमा वडा क्वारेन्टिन संख्या  ४८ छ भने वेड संख्या ६५४ रहेको छ । वडाका क्वारेन्टिनमा तीन महिलासहित हाल १९ जना रहेका छन् । भरतपुर महानगरले सञ्चालनमा ल्याएको बागेश्वरी आइसोलेसनमा महिला २७ र पुरुष ४५ जना रहेका छन् । दुई बालबालिकासमेत बागेश्वरी आइसोलेसनमा छन् । 
 

प्रतिक्रिया दिनुहोस