काठमाडौँमा ६ जना संक्रमितको मृत्यु, उपत्यकामा ५९७ जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १६ : ४८
काठमाडौँमा ६ जना संक्रमितको मृत्यु, उपत्यकामा ५९७ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौँमा मात्र २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा मात्र २४ घण्टाको अवधिमा ५९७ जनामा संक्रमण पुष्टि भएको छ । 

काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित थपिएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

काठमाडौंमा ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस