टिचिङ अस्पतालमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १५ : ०८
टिचिङ अस्पतालमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको टिचिङ अस्पतालमा २४ घन्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष छन् ।  मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष छन् भने सिन्धुपाल्चोकका पनि ५९ वर्षीय पुरुष हुन्।

मृतक चार जनाकै अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

प्रतिक्रिया दिनुहोस