आइसोलेसनमा बसेकी कोरोना संक्रमित बृद्धाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १० : १६
आइसोलेसनमा बसेकी कोरोना संक्रमित बृद्धाको मृत्यु

चितवन । जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए ।

उनको आज बिहान ६ बजे मृत्यु भएको हो । दीर्घ रोगी उहाँको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका थिए । यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो । 

यससँगै जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस