बार्सिलोनाबाट मेस्सी मैत्रीपूर्ण खेलमा सहभागी

एजेन्सी

आइतबार, २८ भदौ २०७७, ०८ : ११
बार्सिलोनाबाट मेस्सी मैत्रीपूर्ण खेलमा सहभागी

एजेन्सी । लियोनल मेस्सी पहिलोपटक बार्सिलोनाबाट खेलेका छन् । बार्सिलोनाबाट बाहिरिने तरखरमा रहेका मेस्सी शनिबार राति जिम्नास्टिक डी तारागोनासँगको मैत्रीपूर्ण खेलमा सहभागी भएका हुन् ।

३३ वर्षका मेस्सीले गएको अगस्ट २५ मा बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए । तर ठूलो रकमसहितको रिजिल क्लबका कारण उनी बार्सिलोनामै बस्न बाध्य भएका छन् ।

तेस्रो डिभिजनको क्लबसँगको मैत्रीपूर्ण खेलमा मेस्सीसहितको बार्सिलोना ३–१ ले पराजित भयो । मेस्सी बार्सिलोनाको कप्तानमा कायम रहने पनि निश्चित भएको छ । बार्सिलोनाको जितमा ओस्मान डेम्बेले, एन्टोनी ग्रिजम्यान र फिलिप कोन्टिन्होले गोल गरेका हुन् ।