आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, ०८ : ०४
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि पानी परेको छ । महाशाखाले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा जनाएको छ।  

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ।

आइतबार राति पनि देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस