कोरोनाबाट प्रदेश १ मा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, १६ : ३६
कोरोनाबाट प्रदेश १ मा तीन जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा  मात्र कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रदेश १ मा आज ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् ।

कालि सदन आइसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आइसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आइसोलेसनबाट ४ र कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस