आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, ०८ : २१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  शनिबार देशभरको मौसम सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखा औसत भन्दामाथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। यस्तै पश्चिम बंगाल नजिक न्यून चापीय क्षेत्रको पनि विकास भएको  छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस