काठमाडौं । अनियमितताका यथेष्ट प्रमाण हुँदाहुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद मुद्दा तामेलीमा राखेको छ । ‘शक्ति दलाल समूह’ को प्रभावमा परेर प्रमुख आयुक्त नवीनकुमार घिमिरेले जग्गा खरिद अनियमिततामा ‘क्लिन चिट’ दिएका छन् ।
संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, महालेखा परीक्षकको कार्यालय, सार्वजनिक लेखा समिति, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत राज्यका आधा दर्जन निकायको छानबिनमा जग्गा खरिदमा अनियमितता भएको प्रतिवेदन तयार भएको थियो । अनियमितताकै आधारमा निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदमुक्त गरेको थियो ।
जग्गा खरिद अनियमिततामा चार वर्षदेखि निरन्तर अनुसन्धान भइरहेको बहाना बनाएर प्रमुख आयुक्त घिमिरेले अवकाश लिने बेलामा मुद्दा तामेलीमा राखेका छन् । केही समयअघि तामेलीमा राखेको भए पनि सूचना अहिले बाहिर आएको छ । घिमिरे आइतबार आयोगबाट बिदा हुँदैछन् ।
आफ्नै सहकर्मी (पूर्वआयुक्त) राजनारायण पाठकविरुद्ध मुद्दा दायर गरेर ‘क्रान्तिकारी छवि’ बनाउने प्रयास गरेका प्रमुख आयुक्त घिमिरे अख्तियारबाट ‘कलंकको टीका’ लगाएर बाहिरिन लागेको आरोप लागेको छ । ‘मुद्दा चलाउन यथेष्ट प्रमाण हुँदाहुँदै पनि शक्ति दलाल समूहको दबाबमा जाने बेला गलत निर्णय गर्नुभयो,’ अख्तियारकै एक उच्च अधिकारीले भने, ‘यसले अख्तियारको साखसमेत गुमेको छ । आफैं पनि कलंकको टीका लगाएर बाहिरिन लाग्नुभयो ।’ सानातिना कर्मचारीलाई रंगेहात समातेर मुद्दा चलाउँदै आएको अख्तियारले ठूला मुद्दामा बहाना बनाएर उम्किएको आरोप लाग्दै आएको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २७ भदौ २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसरी जोगियो आयल निगमको अत्याधुनिक भवन, सुरक्षा गार्ड बने नायक
आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्ति गर्न दरखास्त आह्वान
आयल निगम करिब १० अर्ब नाफामा