चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, ०७ : ३९
चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा  चितवनका ८७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाले दिएको जानकारी अनुसार ५३३  वटा नमुनाको परिक्षणमा ८७ जनामा संक्रमण देखिएको हो । 

भरतपुर महानगरपालिकाका ७३  जनामा कोरोना पुष्टि भएको हो भने खैरेनी  नगरपलिकाका ४ जना , कालिका नगरपालिकाका ८ जना , रत्ननगर नगरपलिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।