चितवनमा मृत्यु भएकी वृद्धामा दुई दिनपछि कोरोना सङ्क्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २६ भदौ २०७७, १४ : ४२
चितवनमा मृत्यु भएकी वृद्धामा दुई दिनपछि कोरोना सङ्क्रमण पुष्टि

चितवन । चितवनको भरतपुर पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्यु भएको दुई दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिलाको मृत्यु भएको दुई दिनपछि बल्ल कोरोना संक्रमण पुष्टि भएको थियो । दमको समस्याले यही भदौ २३ गते ती वृद्धा अस्पतालमा भर्ना भएकी थिइन् । उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । वृद्धाको मृत्युसँगै चितवनमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ । खैरहनी चितवनका एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का तीन तथा बारा, गोरखा र कैलालीका एक\एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस