कास्की । सामाजिक सञ्जाल मार्फत कोभिड-१९ को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका-७ घर भई हाल कास्की पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड-१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ