सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २६ भदौ २०७७, ०८ : १५
सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज बस्दै

काठमाडौँ । नेकपाको स्थायी कमिटीको शुक्रबार बस्दैछ ।  बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमाथि छलफल हुनेछ ।

ओली र प्रचण्डले तयार पारेको १५ बुँदे प्रस्ताव यसअघि नै अध्ययनका लागि स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको थियो  ।  ओली र प्रचण्डले स्थायी कमिटीका सदस्यलाई पठाएको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् ।

त्यस्तै एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने लगायत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस