५ किलो मलका लागी चितवनका किसान रातभरी लामबद्ध

प्रकाश सिग्देल

शुक्रबार, २६ भदौ २०७७, ०७ : ५८
५ किलो मलका लागी चितवनका किसान रातभरी लामबद्ध

चितवन । कृषि प्रधान देशमा ५ केजी मलका लागी रातभरी लाईन बस्नु पर्ने किसानको कुरा सुन्यौं भने आश्चर्य लाग्न सक्छ, तर आश्चर्य नमान्नुस, यस्तै घटना चितवनमा घटित भएको छ । 

कोरोनाका यस्तो महामारीका बेला पनि रोगको प्रवाह नगरी ५ केजी मलका लागी १ दिन अगाडी देखी किसान लाईनमा बस्न बाध्य भए ।  देशको प्रमुख बाली धान बालिका लागी रासायनिक मल समयमै राज्यले उपलब्ध गराउन नसक्दा किसानहरु पिडा खेप्न बाध्य भएसँगै  देशमा मलको निकै ठुलो हाहाकार भएको छ । 

मन्त्री नबन्दा सम्म आफैले पृथ्वी धानेजस्तो गरी बढो चर्का भाषण गर्ने मन्त्री बनेपछी अघाएको सिहं गुफामा लम्पसार परेजस्तो गरी गुफा भित्रै रुमलिने कृषि मन्त्री र तिनको मन्त्रालयले यो दृश्य देखेपछि के के भन्छ भनोस तर किसान ५ केजी मलका लागी एक दिन अगाढी देखी लाईनमा छन् । त्यो पनि नेपालको पहिलो सहकारी बखान सहकारीको अगाडी यो अन्धकार रातमा ।

चितवनको भरतपुर महानगरको १९ नम्वर वडा शारदानगरमा रहेको यो सहकारीले भोलि किसानका लागी मल बितरण गर्ने बताएपछि किसान साझ देखी लाईनमा बसेका स्थानिय बासिन्दा राजु गुरुङंले बताए । कृषि प्रदान देशमा यस्तो हालत हुनु निकै दुख र पिडाको कुरा भएको स्थानिय अगुवा गुरुङको भनाई छ । 

शुक्रबार बिहान वितरण गर्ने मलका लागि किसानहरु बिहिबार राति देखि नै छिमेकी र गाँउलेहरु सहकारीको अगाडी रोग, भोक, वर्षा, केही नभनी रातभरि जाग्राम बसे । नेपालमा सहकारीको सुरुवात गर्ने सबैका प्रेरणाका स्रोत बखान सिहं गुरुङले निर्माण गरेका सहकारी अगाडी यसरी २,४ केजी मलका लागि रातभरि जाग्राम बस्दा किसानहरु राज्य, व्यवस्था प्रति निकै आक्रोशित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस