काठमाडौं । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अग्निपरीक्षा सुरु भएको छ। पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो। अधिकार पाएपछि दाहालले कसरी पार्टी चलाउँछन् र विवाद समाधान गर्छन् भन्ने विषय उनको कार्यशैलीमा निर्भर रहनेछ।
पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको कार्यान्वयन समझदारीपूर्ण एवं प्रभावकारी रुपमा हुन नसक्दा बेला बेलामा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुँदै आएको छ। यसको नकारात्मक असर समग्र दल तथा सरकारको काममा परिरहेको छ। यस्तो अवस्थामा दुई अध्यक्षले जिम्मेवारी बाँडफाँट गर्दा पाटी सञ्चालनको जिम्मेवारी दाहालको काँधमा आइलागेको छ। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गतेको सहमति अनुसार दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिए पनि उनलाई बैठक सञ्चालन गर्ने र निर्णय कार्यान्वयन गर्ने अधिकार थिएन। तर अहिले पार्टी सञ्चालन गर्ने सबै अधिकार दाहालले पाएका छन्।
पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटी बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल बनाउनेगरी ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने तथा दाहालले कार्यकारी अधिकारसहित पार्टी बैठक सञ्चालन, निर्णय कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारी पाएका छन्।
यसबाट दाहालको काँधमा पार्टीभित्र उत्पन्न समस्या समाधान गर्ने दायित्व थपिएको छ। ‘दाहालले बैठक सञ्चालन र निर्णय कार्यान्वयन गर्ने अधिकार पनि पाएपछि पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने जिम्मेवारी पनि उहाँकै हुनेछ’, स्थायी कमिटीमा ओली निकट मानिने एक सदस्यले भने।
दुई अध्यक्षले तयार पारेको सहमतिको प्रस्ताव सुझावका लागि बुधबार स्थायी कमिटी सदस्यहरुलाई पठाइएको छ। सहमतिको प्रस्तावमा ओली र दाहालाको जिम्मेरी किटान गरिएको छ। प्रस्तावमाथि स्थायी कमिटी सदस्यलाई बिहीबार साँझ ५ बजेसम्म सुझाव पठाउन भनिएको थियो। केहीले सुझाव पठाए पनि केहीले बैठकमै बोल्ने भन्दै पठाएका छैनन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ भदौ २०७७, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड