पर्यटन मन्त्रालयको सीसीएमसीमा प्रस्ताव : संक्रमण कम भएको जिल्लामा असोज १ देखि उडान खुलाऔँ

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, १६ : ४५
पर्यटन मन्त्रालयको सीसीएमसीमा प्रस्ताव : संक्रमण कम भएको जिल्लामा असोज १ देखि उडान खुलाऔँ

काठमाडौं । आन्तरिक उडान खोल्न, नेपाली आयोजनामा काम गर्ने विदेशी कामदार नेपाल ल्याउनेलगायत चार वटा प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीसीएमसीमा पठाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा चारवटा प्रस्ताव पठाएको हो। प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने प्रस्ताव गरिएको बताए । यद्यपी १५ असोजबाट नियमित उडान हुने सम्भावना गर्नुैपर्नेमा मन्त्रालयको अडान छ ।  मन्त्री भट्टराईका अनुसार कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान हुनेछ । 

मन्त्री भट्टराईका अनुसार दशैं र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी भएको छ । हिमाली र पहाडी इलाकामा रहेका एयरपोर्टबाट आन्तरिक उडान गरिनेछ । मन्त्रालयले अब गैरआवासीय नेपाली र पर्यटकलाई समेत स्वास्थ्य प्रोटोकल पूरा गरी नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव लगेको छ ।

प्रतिक्रिया दिनुहोस