आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, ०७ : २४
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  बिहीबार देशभरको मौसम  सामान्यतया बदली भइ केही स्थानमा पानी पर्ने जनाएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविदले बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  बताएका छन् । अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस