काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका–४ कुँडुलेका चन्द्रकान्त पौडेललाई आज पक्राउ गरेको छ । एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पौडेलमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले बताउनुभयो । यसअघि पत्रकार त्रयले विद्युतीय अपराधमा समेत पौडेलविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएका छन् ।
पौडेल सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत मानहानी र पेशागत चरित्रमा आँच आउने गरी गालीगलौजमा उत्रेकाले मुद्दा दिनु परेको पत्रकार राजभण्डारीले बताउनुभयो । पौडेलले केही दिनयता पत्रकार, प्रशासक, दलका नेतालगायतलाई लक्षित गरी अमर्यादित ढङ्गले लेखिएका पोष्ट÷भिडियो फेसबुकमा राख्दै आउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ भदौ २०७७, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ
पोखरामा लागू औषधसहित चार जना पक्राउ
कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरणमा वित्त प्रमुख सिंह पक्राउ
बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ