वीरगन्ज । वीरगन्जमा उपचार गराइरहेका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत ८ दिनदेखि उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमित पुरुषको सोमबार राति मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको हो ।
भदौ १४ मा कोरोना पोजिटिभ पुष्टि भएपछि ती ६० वर्षीय पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार मधुमेहका बिरामीको उनमा गम्भीर कोरोनासंगै ह्रदयघाटबाट मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ भदौ २०७७, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण