काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर ४८ वर्ष थियो । राजनीतिक क्षेत्रमा लाग्नेहरूका लागि आफ्नो ‘करिअर’ को सबैभन्दा उच्चतम आकांक्षा नै मुलुकको कार्यकारी प्रमुख बन्नु हो ।
त्यो उपलब्धि देउवाले साढे दुई दशकअघि नै हासिल गरिसकेका हुन् । केही अपवादबाहेक विकसित मुलुकमा कार्यकारी प्रमुख भएर हटेपछि राजनीतिबाट अवकाश लिने प्रचलन छ । देउवा यसबीचमा चारपटक प्रधानमन्त्री बने । एकपटक विभाजित र एकपटक सिंगो कांग्रेसको सभापति भए । उमेरले समेत ७५ वर्ष पुगिसकेका उनी राजनीतिक विश्राम लिन भने अझै तयार छैनन् ।
आजको कान्तिपुर दैनिकका अनुसार उनीसहित १२ नेता ६० वर्षमाथिका छन् । पार्टीभित्र युवा नेतृत्वको बहस भएपनि सभापतिमा आकाँक्षी हरु पनि वृद्धैवृद्ध रहेको समाचारमा उल्लेख छ । जसमा देउवासहित रामचन्द्र पौडेल, विमालेन्द्र निधि, विजयकुमार गच्छदार, शशांक कोइराला, कृष्ण प्रसाद सिटौला, गोपाल मान श्रेष्ठ, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुन नरसिंह केसी, शेखर कोइराला, प्रकाशशरण महत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ भदौ २०७७, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो