काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर ४८ वर्ष थियो । राजनीतिक क्षेत्रमा लाग्नेहरूका लागि आफ्नो ‘करिअर’ को सबैभन्दा उच्चतम आकांक्षा नै मुलुकको कार्यकारी प्रमुख बन्नु हो ।
त्यो उपलब्धि देउवाले साढे दुई दशकअघि नै हासिल गरिसकेका हुन् । केही अपवादबाहेक विकसित मुलुकमा कार्यकारी प्रमुख भएर हटेपछि राजनीतिबाट अवकाश लिने प्रचलन छ । देउवा यसबीचमा चारपटक प्रधानमन्त्री बने । एकपटक विभाजित र एकपटक सिंगो कांग्रेसको सभापति भए । उमेरले समेत ७५ वर्ष पुगिसकेका उनी राजनीतिक विश्राम लिन भने अझै तयार छैनन् ।
आजको कान्तिपुर दैनिकका अनुसार उनीसहित १२ नेता ६० वर्षमाथिका छन् । पार्टीभित्र युवा नेतृत्वको बहस भएपनि सभापतिमा आकाँक्षी हरु पनि वृद्धैवृद्ध रहेको समाचारमा उल्लेख छ । जसमा देउवासहित रामचन्द्र पौडेल, विमालेन्द्र निधि, विजयकुमार गच्छदार, शशांक कोइराला, कृष्ण प्रसाद सिटौला, गोपाल मान श्रेष्ठ, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुन नरसिंह केसी, शेखर कोइराला, प्रकाशशरण महत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ भदौ २०७७, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता