कोहलपुर । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।
उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो ।
भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए । उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ भदौ २०७७, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै
थप ६ जनामा कोरोना संक्रमण
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि