कोरोनाले भेट्यो बलिउड अभिनेता अर्जुन कपूरलाई

एजेन्सी

आइतबार, २१ भदौ २०७७, १५ : २४
कोरोनाले भेट्यो बलिउड अभिनेता अर्जुन कपूरलाई

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना भाइरसको संक्रमण भएको छ । आइतबार उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी गराएका छन् ।

उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान आएको हो । अर्जुनले आफूलाई कोरोना भाइरसको लक्षण भने नदेखिएको बताएका छन् । अर्जुन कपूर पछिल्लो समय आफ्नो आगामी चलचित्रको सुटिङ व्यस्त थिए ।

प्रतिक्रिया दिनुहोस