सांसद सुवाललाई कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, ०८ : ०५
सांसद सुवाललाई कोरोना संक्रमण

भक्तपुर । भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका प्रतिनिधिसभाका सांसद सुवालले कोरोना संक्रमण भएको आशंकामा १५ भदौमा पीसीआर परीक्षण गराएकोमा शनिबार संक्रमण पुष्टि भएको हो ।

अहिले उनी होम आइसोलेसनमा बसेका छन् । रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ ।आफ्नो सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस